२३ बैशाख २०८१, आईतवार

 

न्यू एभरेष्ट एकेडेमीको १८ औँ वार्षिकोत्सव सम्पन्न

बागलुङ । न्यू एभरेष्ट एकेडेमीले १८ औँ वार्षिकोत्सव, विद्यार्थी तथा अभिभावक दिवस बुधबार मनाएको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा ३ वटा सामुदायिक विद्यालयले र १३ वटा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रुद्रेपिपल माविका विद्यार्थीहरु नारायण पौडेल,किस्मत सुवेदी,स्वस्तिका शर्मा प्रथम, न्यू एभरेष्ट एकेडेमीका पुजा सापकोटा, गणेश केसी, डेनिश क्षेत्री द्धितीय, अमर आदर्श आवासीय माविका आशिका निउरे, संमद्धि थापा मगर, प्रतिक थापा मगर तृतीय र आदर्श विद्या मन्दिर माविका सुमित पौडेल,सुशान्त पौडेल,सुप्रिया कार्कीले सान्त्वना पुरस्कार पाएका थिए ।

प्रथम हुनेलाई चार हजार पाँच, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई तीन हजार छ सय, मेडल र प्रमाणपत्र, तृतीय हुृनेलाई दुई हजार सात सय, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई मेडल र प्रमाणपत्रको व्यवस्था रहेको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युक्त प्रसाद शर्मा, लेखक खिम राज सुवेदी, धौलागिरि बहुमुखी क्याम्पस अंग्रेजी विभाग प्रमुख विजय राज पन्त, प्रिसियस एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद शर्मा, लहरेपिपल माविका शिक्षक सुवर्ण मल्ल र आदर्श विद्या मन्दिरका शिक्षक सूर्य बहादुर महर्तले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै वार्षिकोत्सवमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता, शिक्षक माधव शर्माको स्वागत र शिक्षक भुमिराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।न्यू एभरेष्ट एकेडेमीमा सृजनशिल र प्रयोगात्मक ढंगले अध्यापन हुने भएकोले यो विद्यालय धेरै विद्यार्थी र अभिभावको रोजाईमा पर्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्