२३ बैशाख २०८१, आईतवार

 

समाजसेवी रसुमिला श्रेष्ठद्वारा विद्यामन्दिर पुस्तकालयलाई २५ हजारको शैक्षिक सामग्री प्रदान

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले विद्यामन्दिर पुस्तकालयलाई टिभी, पुस्तक, खेलौना, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउनु भएको छ ।

श्रेष्ठले पुस्तकालयको ७७ औँ स्थापना दिवसको उपलक्ष्यमा पुस्तकालयका अध्यक्ष राम थापालाई उक्त सामान हस्तान्तरण गर्नु भएको हो ।

मैले गत महिना पुस्तकालयको बाल विकास अवलोकन गर्ने मौका पाएको थिए, उनीहरुलाई टिभी, पुस्तक, खेलौना, पोशाक र शैक्षिक सामग्री आवश्यक देखेकोेले २५ हजार बराबरको सामान पुस्तकालयलाई हस्तान्तरण गरेको श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

श्रेष्ठले यसभन्दा अगाडि पुस्तकालयलाई २५ हजार आर्थिक सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्