२३ बैशाख २०८१, आईतवार

 

युएस एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न

बागलुङ । युनिभर्सल सवलाइम एकेडेमी बागलुङको २१ औँ वर्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिका लागि परेको बताउनुभयो ।

शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनु पर्ने उहाँको भनाइ छ ।

नीजि क्षेत्रले बागलुङको शिक्षालाई उचाईमा पु¥याएको र युनिभर्सल सवलाइम एकेडेमी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गर्नु भएको थियो । सामुदायिक विद्यालयलाई पनि नगरपालिकाले व्यवस्थित बनाउँदै गएको बताउनुभयो ।

नीजि विद्यालयलले शिक्षाको गुणस्तर बढाउनुका साथै विद्यार्थीको हरेक प्रतिभा र क्षमतालाई समेत बाहिर ल्याउँदै आएको उहाँको भनाइ छ ।

शिक्षा ऐन बनाउँदै गर्दा संस्थागत विद्यालयलाई राज्यले सम्बोधन गर्न नसकेको भन्दै संस्थागत विद्यालय अलमलमा रहेको उपप्रमुख खड्काले बताउनुभयो । नगरपालिकाले पनि शिक्षा सम्बन्धि नीति ल्याउँदा सामुदायिक र संस्थागत विद्यालयको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल, प्याब्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, एनप्याब्सन केन्द्रीय सदस्य वालकृष्ण शर्मा, एनप्याब्सन गण्डकी प्रदेश सदस्य निशान खड्का, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, वडा नम्बर २ का अध्यक्ष सुरज बोसेल, नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष जीवननाथ शर्मा, प्याप्सन बागलुङका सहसचिव श्यामप्रसाद शर्मा, युएस एकेडेमिका पूर्व विद्यार्थी एवं धौलागिरीका बाल रोग मेडिकल अधिकृत डाक्टर सन्दिप केसी, अभिभावक सावित्री केसी, विद्यार्थी रोजी थापा, एन्जल घमाल, स्वप्नील खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी एवं गायिका सिमरन परियारको सांगीतक प्रस्तुति रहेको थियो । सो अवसरमा एकेडेमिका प्रिन्सिपल अशोक केसीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरु सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए ।

कार्यक्रममा युएस एकेडेमीका पूर्व विद्यार्थी तथा हाल धौलागिरी अस्पताल बागलुङमा कार्यरत बाल रोग डाक्टर सन्दिप केसी, नेपाल सरकारको शाखा अधिकृत वकिल योमा मलेपती, वर्षको उत्कृष्ट अभिभाक, दुई शिक्षक तथा सिनियर र जुनियर विद्यार्थीबाट विभिन्न २५ विधामा वर्ष विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा विभिन्न विद्यालयमा भएका प्रतियोगितात्मक कार्यक्रममा विजेता भई प्राप्त ट्राफिहरु बिजेता विद्यार्थीहरुबाट विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम युनिभर्सल सवलाइम एकेडेमीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, प्याब्सन बागलुङका अध्यक्ष एवं एकेडेमीका निर्देशक दल थापाको स्वागत र शिक्षक लेखनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्