१५ बैशाख २०८१, शनिबार

 

गलकोट बहुमुखी क्याम्पसलाई गलकोट नगरद्वारा एक करोड सहयोग

गलकोट । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक सुधारको लागि गलकोट नगरपालिकाले एक करोड सहयोगको घोषणा गरेको छ ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक सुधारको लागि आयोजित श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको पहिलो दिन गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उक्त सहयोगको घोषणा गर्नु भएको हो । महायज्ञ कमलनयन गौतमको प्रमुख वाचकत्वमा गलकोट हटियामा सञ्चालन भइरहेको छ ।

बुधबारसम्म महायज्ञमा ३ करोड २२ लाख सङकलन भएको सूचना तथा सञ्चार सम्प्रेषण उपसमितिका संयोजक वीर बहादुर चोखालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

महायज्ञ फागुन १३ गतेसम्म संचालन हुनेछ । महायज्ञको चौथौं दिन ८० लाख ९९ हजार संकलन भएको महायज्ञका संयोजक तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा सुवेदीले जानकारी दिनु भयो ।

बुधबार गलकोट नगरपालिका ३ हटिया, घाइरन गाउँ निवासी सन्त बहादुर खत्रीको परिवारले २० लाख सहयोग गर्नु भएको छ । चन्दादाता खत्री परिवारले क्याम्पसको निर्माण हुन लागेको भवनमा एउटा कोठा निर्माण गर्न सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्