१५ बैशाख २०८१, शनिबार

 

सिवाइसी साकोसका नवनियुक्त कर्मचारीहरुको लागि सेवा प्रवेश तालिम सुरु

बागलुङ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा नवनियुक्त कर्मचारीहरुको लागि सेवा प्रवेश तालिम सुरु भएको छ ।

सहायक तेश्रो, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा नियुक्ति लिएका कर्मचारीहरूको लागि ३ दिने सेवा प्रवेश तालिम तथा अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको ।

सिवाईसी बचत तथा ऋण सहकारी सस्थाको केन्द्रीय सभाहलमा आयोजित उक्त सेवा प्रवेश अभिमुखीकरण तालिममा २० जना कर्मचारीलाई प्रशिक्षण दिइने छ ।

सेवा प्रवेश अभिमुखीकरण तालिमलाई सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेल, सल्लाहकार सिता शर्मा,प्रमुख कार्यकारी अधिकृत नवराज शर्मा लगाएत विभागिय प्रमुखहरुले विभिन्न विषयमा अभिमुखीकरण दिनु हुने छ ।

तालिममा कर्मचारीहरूको उत्तरदायित्व, कर्तव्य पालन, अनुशासन, नेतृत्व र क्षमता विकासका विभिन्न पक्षका साथै बचत तथा ऋण र सदस्य प्रतिको उत्तरदायित्व लगाएतका विषयमा प्रशिक्षण दिइने छ ।

सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्माको अध्यक्षता, सह सचिव सुवास आचार्यको स्वागत र प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 6 people and text

May be an image of 9 people, people studying, table and text

May be an image of 11 people, people studying and text

May be an image of 14 people and text

 

प्रतिक्रिया दिनुहोस्