१५ बैशाख २०८१, शनिबार

 

झप्पर बहादुर बस्नेत र खडक कुमारी बस्नेतले महायज्ञलाई २१ लाख सहयोग

गलकोट । गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा सञ्चालन भईरहेको शैक्षिक ज्ञान महायज्ञ सफल पार्न झप्पर बहादुर बस्नेत र खडक कुमारी बस्नेतले २१ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गर्नुभएको ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र क्याम्पसको स्तरोन्नतीको लागि गलकोट नगरपालिका वडा नम्वर ६ निवासी झप्पर बहादुर बस्नेत र खडक कुमारी बस्नेतले स्वर्गीय हजुरबुवा हजुरआमा मुखिया रत्न बहादुर मुवादेबी बस्नेत र स्वर्गीय बाबाआमा बिर बहादुर मनकु्मारी बस्नेतको स्मृतिमा २१ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गर्नुभएको गलकोट बहुमुखी क्याम्पसले जनाएको छ ।

क्याम्पसको अब बन्ने नयाँ भवनको एउटा कोठा उहाँहरुको नाममा नामाकरण गरिने समेत क्याम्पसले जनाएको छ । आज महायज्ञमा गलकोट नगरपालिका लगायतका क्षेत्रहरुबाट भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

महायज्ञ सफल पार्नको लागि रु। २ लाख भन्दा माथि सहयोग गर्ने सहयोगदाताहरुलाई आज पनि उहाँकै नीजि निवासबाट बाजागाजा र तान्दानी सहित कार्यक्रम स्थलमा ल्याएर सम्मान गरिएको थियो ।

आज गलकोट नगरपालिका वडा नम्वर २ का दधिराम कालिका गैरेको परिवारबाट ५ लाख १ हजार ५ सय ५५, गलकोट नगरपालिका वडा नम्वर ३ को मन बहादुर, अम्मर बहादुर, घम्मर बहादुर खत्रीको परिवारबाट २ लाख ५५ हजार ७ सय ७४, गलकोट नगरपालिका वडा नम्वर ५ का केहरसिंह, देव बहादुर, गंगा बहादुर, लाल बहादुर, थम्मन बहादुर बस्नेतको परिवारबाट ७ लाख ७५ हजार ५ सय ५५, गलकोट नगरपालिका वडा नम्वर ४ का होम बहादुर, बल बहादुर खत्रीको परिवारबाट २ लाख ५१ हजार १ सय ५१, गलकोट नगरपालिका वडा नम्वर ४ का क्याप्टेन तुल बहादुर, टेक बहादुर नायव सुवेदार दुर्गा बहादुर घर्तीको परिवारबाट २ लाख ५१ हजार ७ सय ९५, जिवलाल, चिन्तामणी गैरे, पोष्टराज गैरे, किशोर गैरेको परिवारबाट २ लाख ५५ हजार ५ सय ५५, मेघराज सुवेदी, लक्षीमा सुवेदीको परिवारबाट ५ लाख ५ हजार ५ सय ५५, गलकोट नगरपालिका वडा नम्वर ३ का हेमराज गौतम चन्द्रमणी गौतम, हरीलाल गौतम र नरीश्वर गौतमको परिवारबाट ६ लाख १ हजार १ सय ११, गलकोट नगरपालिका वडा नम्वर ६ का पदम बहादुर बस्नेतको परिवारबाट ३ लाख ६१ हजार १ सय ११, हर्क बहादुर झलक बहादुर पाण्डेको परिवारबाट ५ लाख १२ हजार २ सय २२, ईन्द्र बहादुर बुढाथोकीको परिवारबाट २ लाख ५४ हजार ४ सय ४४, चन्द्र बहादुर खत्रीको परिवारकाट ३ लाख, सुनिता खत्रीको परिवारबाट २ लाख ५१ हजार १ सय ५१, तिलक उप्रेतीको परिवारबाट २ लाख ५७ हजार २ सय ५७, खिम बहादुर बस्नेत र राम बस्नेतको परिवारबाट २ लाख ५१ हजार, सुवेदार नर बहादुर खत्रीको परिवारबाट २ लाख ५१ हजार १ सय ५१, नर बहादुर राजु थापाको परिवारबाट २ लाख ५१ हजार १ सय ११ सहयोग गरेको भन्दै उहाँहरुलाई ताम्दानी सहित सम्मान गरिएको गलकोट बहुमुखी क्याम्पसले जनाएको छ ।

त्यस्तै महायज्ञमा सहयोग गर्ने विभिन्न संघसंस्था, आमा समुह, टोल विकास संस्था, व्यक्ति लगायतलाई समेत सम्मान गरिएको थियो ।

महायज्ञको छैठौँ दिन आज २ करोड १८ लाख आर्थिक रकम संकलन भएको र महायज्ञ सञ्चालन भएदेखि आजसम्म ६ करोड ६० लाख रुपैयाँ संकलन भएको आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले कथावाचन गर्नुभएको थियो भने, श्रीमद्भागवत कथावस्तुमा आधारित नाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका प्राध्यापक विर बहादुर बोहोरा क्षेत्री र भगवान बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्