१६ बैशाख २०८१, आईतवार

 

गलकोट समाज जापानद्वारा शैक्षिक ज्ञान महायज्ञलाई २० लाख सहयोग

गलकोट । गलकोट समाज जापानले गलकोट बहुमुखी क्याम्पसको शैक्षिक ज्ञान महायज्ञ सफल पार्न २० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

शनिबार गलकोट समाज जापानका सचिव युवराज गौतम, सल्लाहकार भवानी पन्त र संरक्षक वेलु काजी थापाले गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मालाई २० लाख १ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक पूर्वाधार र सिकाई उपलब्धी बढाउन सहयोग गरेको गलकोट समाज जापानका सचिव युवराज गौतमले नयाँ विश्वलाई बताउनु भयो ।

गलकोटलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न र शैक्षिक गुणस्तर सुर्धान सहयोग निरन्तर जारी रहने गलकोट समाज जापानका सल्लाहकार भवानी पन्तले जानकारी दिनु भयो ।

कार्यक्रममा श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले कथावाचन गर्नुभएको थियो भने श्रीमद्भागवत कथावस्तुमा आधारित नाटक समेत प्रस्तुत गरिएको थियो ।महायज्ञ फागुन १३ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्