१६ बैशाख २०८१, आईतवार

 

“द रोड अहेड” को सिजन टु मा मनोज गजुरेल बागलुङ आउदै

बागलुङ । यहि फागुन २१ गते बागलुङ बजारमा “द रोड अहेड” को सिजन टु हुने भएको छ । एजी ईन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनलको संयोजनमा कार्यक्रम हुन लागेको आज बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको हो ।

आम जनमानसमा विशेष गरेर युवा वर्गलाई लक्षित गरेर आयोजना गरिएको ‘द रोड अहेड’ ईभेन्टमा तनाव व्यवस्थापन र भविष्यको योजना कसरी बनाउने भन्ने बारेमा परामर्स गरिने भएको छ । ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाका निर्देशक ओमकार पौडेलका अनुसार “द रोड अहेड” को सिजन टु हाल देशमा युवा वर्गहरुको अन्योलको विषय रहेको अब के त भन्ने प्रश्नलाई मनोज गजुरेको हास्यात्मक शैलीमा परिस्कृत समाधान अनि आफ्नो क्षमता अभिवृध्दिका लागि अपनाउनु पर्ने लयका विषयमा चर्चा हुने बताउनु भयो ।

उक्त इभेन्टमा मास कन्ट्रोल अनि लिडरशिप प्रस्तुतिकरणका सम्बन्धमा पनि विशेष वार्तालाप हुने बताईएको छ। कार्यक्रममा विविध मनोरञ्जनका कार्यक्रम हुने पौडेलले बताउनु भयो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु मनोज गजुरेल, आरके धिताल, एन्ड्रयु पौडेल, अजय सिंह ठकुरी लगाएतका विज्ञहरुको उपस्थित रहने र ३ घण्टाको सेसनमा जानकारीमुलक र जीवन उपयोगी कक्षा संचालन हुने पौडेलले बताउनु भयो ।

देशका विदेशका विभिन्न शहरहरुमा शाखा कार्यालय रहेको ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिसले आम जनमानस विशेष गरेर युवा वर्गलाई लक्षित गरेर वर्षेनी “द रोड अहेड” ईभेन्टको संयोजन गर्ने गरेको छ । अर्का निर्देशक वालकृष्ण लम्सालले एजुकेसनल कन्सल्टेन्सीले वैदेशिक शिक्षालाई मात्र केन्द्रीत नगरी समाजलाई आवस्यक यस्ता इभेन्ट पनि आयोजना गर्दै समाजलाइ अझै सबल बनाउने बाटो पनि अबलम्बन गर्नु पर्ने बताउनुभयो।

ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाले विगत २ वर्षदेखि करियर काउन्सेलिङ्गका साथसाथै यस्ता विविध कार्यक्रमहरु गर्दै आईरहेको छ। व्राउन आईज रेष्ट्ररेन्टमा हुने कार्यक्रममा सहभागी हुन चाहनेले निशुल्क प्रवेश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्