१६ बैशाख २०८१, आईतवार

 

शैक्षिक ज्ञान महायज्ञमा श्रेष्ठ परिवारद्वारा एक करोड दान

गलकोट । गलकोटमा गत फागुन ६ गते्देखि सञ्चालन भईरहेको श्रीमद्भागवत् शैक्षिक ज्ञान महायज्ञ २०८० मा सहयोगदाता तथा दानवीरहरुले दान प्रदान गरिरहेकै बेला गलकोट नगरपालिका वडा नं ३ हटिया बजारका श्रेष्ठ परिवारद्वारा गलकोटमै अहिले सम्मको सबैभन्दा धेरै रकमको १ करोड १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नं ३ हटियाको आयोजनामा सञ्चालन भएको श्रीमद्भागवत् शैक्षिक ज्ञान महायज्ञ २०८० मा गलकोट नगरपालिका वडा नं ३ हटिया बजार निवासी बद्री कुमार श्रेष्ठ, बेगम कुमारी श्रेष्ठको स्मृतिमा निर्मला श्रेष्ठ तथा छोराबुहारीहरु मदन कुमार, बन्दना श्रेष्ठ, पुष्पमान, लक्ष्मी श्रेष्ठ, प्रबन्धक सेनानी विपिन कुमार, प्रवन्धक सेनानी डाक्टर रश्मी श्रेष्ठ, दिलिप, सुष्मा श्रेष्ठ र छोरीहरु शान्ति श्रेष्ठ, ज्योति श्रेष्ठ, मेडिना श्रेष्ठ, नाति नातिनीहरु माया, मारविन, विद्यान, पल्लवी, प्रकृति, आरती, भार्गव, एरिका, एरोनबाट महायज्ञ सफलताको कामना गर्दै महायज्ञभर सबभन्दा बढि रकम १ करोड १ हजार १ सय ११ रुपैयाँ दान प्रदान गरेको महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

बद्री कुमार श्रेष्ठ गलकोट बहुमुखी क्याम्पसका संस्थापक सदस्य, २०६१ सालमा गलकोटमा सञ्चालन गरिएको धनधान्याञ्चल मुल समारोह समितिका कोषाध्यक्ष, गलकोट माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य, न्यु लाइफ बोर्डिङ स्कुलका संस्थापक सदस्य तथा वरिष्ठ समाजसेवी समेत हुनुहुन्थ्यो ।

महायज्ञमा विभिन्न सहयोगदाता तथा दान वीरहरुले दान प्रदान गरिरहदा श्रेष्ठ परिवारले महायज्ञको लागि अहिलेसम्म कै सबैभन्दा बढि रकम दान गर्नुभएको हो । श्रेष्ठ परिवार सामाजिक कार्यमा अग्रसर रहँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्