८ कार्तिक २०८३, शनिबार

 

नयाँविश्व सम्मान प्रधानाध्यापक नइन्द्रबहादुर गुरूङलाई

बागलुङ । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विशेष योगदान पुर्याए बापत जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नइन्द्रबहादुर गुरूङलाई नयाँविश्व सम्मान प्रदान गरिएको छ ।

शुक्रबार सामुदायिक विद्यालयको गिर्दो साखलाई जोगाउन गुरुङले गर्नुभएको कठिन सङ्घर्ष र महेनतको उच्च कदर गर्दै नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले ‘नयाँ विश्व सम्मान-२०८०’ प्रदान गर्नु भएको हो ।

विसं २०५२ मा शिक्षण पेसामा प्रवेश गरी हाससम्म अनवरत सेवारत गुरुङले बागलुङको शैक्षिक जगतको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु भएकोले सम्मान गरिएको नयाँविश्वका प्रधानसम्पादक निर्मलबहादुर श्रेष्ठले बताउनु भयो ।

गुरुङ विसं २०६० देखि ताराखोला गाउँपालिका-१, बागलुङ स्थित जनप्रेम माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक विकासमा क्रियासिल छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung