२१ बैशाख २०८१, शुक्रबार

 

सीट तथा मन्त्रालय बाँडफाँट टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ सत्ता गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगाएतको विषयमा ४ सदस्यीय कार्यदल बनेको छ ।

नयाँ सत्ता गठबन्धनभित्रको आन्तरिक व्यवस्थापन मिलाउन एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ । आज पहिलो चरणमा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस्