२१ बैशाख २०८१, शुक्रबार

 

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय नतोकिएकाले उनीहरुले पदभार ग्रहण पनि गर्ने छैनन् ।

मन्त्रीहरुको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्