२१ बैशाख २०८१, शुक्रबार

 

गलकोटमा माओवादी केन्द्रले मनायो सहिद सप्ताह

गलकोट । गलकोट नगरपालिमा सहिद सप्ताह कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर समितिको आयोजनामा आज गलकोटमा सहिद सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह–ईन्चार्ज हरिराज अधिकारीले दशवर्षे जनयुद्ध एवं जनआन्दोलनले गणतन्त्र स्थापना, समावेशि समानुपातिकताको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

उहाँले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । सहिद र वेपत्ता योद्धाको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै अधिकारीले जनयुद्धमा सहादत प्राप्त गर्ने र राज्यद्वारा वेपत्ता परिएका योद्धालाई सहिद घोषणा गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

उहाँले महिला, जनजाती, दलित, पिछडिएको वर्ग समुदाय एवं हुँदा खाने वर्गहरुको अधिकारलाई स्थापित गरेकाले यसलाई संस्थागत गर्दै संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्रि चन्द्र बहादुर वुढा सागर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सल्लाहकार तथा संविधान सभा सदस्य क्या। पूर्ण बहादुर राना, दलित मुक्ति मोर्चाका सदस्य दिल बहादुर दर्जि निरन्तर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नगर उपाध्यक्ष गंगा भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा आन्दोलनमा सहिद भएका ७ जनाको परिवार, ४ जना बेपत्ता परिवार एवं पूर्वजनमुक्ति सेना, पूर्णकालीन कार्यकर्ता, घाइते अपाङ्ग, जेल हिरासत बसेका ४५ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता, उपाध्यक्ष कौशिला घर्तीको स्वागत र सचिव भिम बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशैभर फागुण १४ गतेदेखि एक हप्ते सहिद सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्