३ जेष्ठ २०८१, बिहीबार

 

माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो साबित : शेखर कोइराला

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग नेपाली कांग्रेसले गरेको विगतमा गरेको गठबन्धन महँगो साबित भएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

नयाँ सत्ता गठबन्धन भएसँगै उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना भने सामान्य नभएको दाबी गरेका छन् ।‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो ।

तर, हिजोको घटना सामान्य होइन,’ उनले ट्विटरमा भनेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’

सत्ता गठबन्धन तोडिनुमा कांग्रेस नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का गरेका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि रु भविष्यको लागि सजग बनौँ,’ उनले भनेका छन् ।

डा. कोइराला माओवादी केन्द्रसँगको गठबन्धनको विगतदेखि नै विरोधीका रूपमा चिनिँदै आएका छन् । उनी कोशी प्रदेशमा सत्ता गठबन्धन विरुद्ध उम्मेदवार खडा गरी आफू निकटलाई मुख्यमन्त्री बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्