१७ बैशाख २०८१, सोमबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहद्वारा विद्यार्थीलाई पोशाक सहयोग

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले ५५ जना विद्यार्थीहरुलाई जुत्ता र पोशाक सहयोग गरेको छ ।

शनिबार महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले एक लाख बराबरको जुत्ता र पोशाक गणेश प्राथमिक विद्यालय बागलुङ नगरपालिका-४ पाखाथरको गणेश प्राथमिक विद्यालयको विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीलाई मोजा र टोपि समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले सहयोग गर्नु भएको हो ।

‘हामीले विद्यार्थीहरुको उज्ज्वल भविष्यमा निर्माण गर्न र उनीहरुको मनोबल उच्च बनाउन सहयोग उपलब्ध गराएको,’ केन्द्रकी सचिव मञ्जु राजभण्डारीले भन्नु भयो ।विद्यालयलाई भविष्यमा पनि आवश्यकताअनुसार सहयोग गर्ने कोषाध्यक्ष शैव्या प्रधानले बताउनु भयो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्ष रसुमिला श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ, गणेश प्राथमिक विद्यालय प्रधानाध्यापकको सावित्रा थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गणेश प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षता, शिक्षक दिपा रेग्मी पौडेलको स्वागत र शिक्षक दण्डपाणी गौतमले संचालन गर्नु भएको थियो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिला शसक्तिकरण, शिक्षा, जनस्वास्थ्य, सामाजिक र धार्मिक क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

 

y

 

 

प्रतिक्रिया दिनुहोस्