१७ बैशाख २०८१, सोमबार

 

अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई रसुमिला श्रेष्ठद्वारा ५५ हजार सहयोग

गलकोट । सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।

बागलुङ नगरपालिका ६ पञ्चकोटमा गत फागुन ५ गते्देखि सञ्चालन भईरहेको महायज्ञलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष श्रेष्ठले नगद ५५ हजार र ५ हजार ५ सय ५५ रुपैयाँको धान पनि सहयोग गर्नु भएको छ ।

यसै गरी बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले महायज्ञलाई ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्