३ जेष्ठ २०८१, बिहीबार

 

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता गठबन्धमा सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बुधबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि छलफल गरेका छन् ।प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सिट रहेको छ।पार्टी विभाजनपछि अध्यक्ष ओली पहिलो पटक नेपाल निवास पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्