३ जेष्ठ २०८१, बिहीबार

 

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम : गृहमा रवि, शिक्षामा सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको छ ।

रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्