३ जेष्ठ २०८१, बिहीबार

 

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न – तपाईंबाट धोका पाएकाहरु एक ठाउँमा उभियो भने तपाईंको के हालत होला ?

काठमाडौं ।  ‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्ने वचनबद्ध नाम पुष्पकमल दाहाल प्रचण्ड हो नेपाली‘‘ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नु भयो ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अब म के निष्कर्षमा पुगेको छु भने अब तपाईंबाट धोका पाउन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरु तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला रु हेक्का राख्नुहोला, ख्याल गर्नुहोला लेखकले भन्नु भयो ।

प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै नरहेको उहाँको भनाई थियो । उहाँले प्रचण्डले धोका दिएको विषय अहिलेको सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको पढेर सुनाउनु भयो । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको ।

गठबन्धन भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरुले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त ।’

कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको लेखकको भनाई थियो । संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै उहाँले प्रश्न गर्नु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्