३ जेष्ठ २०८१, बिहीबार

 

माओवादी केन्द्रले तोक्यो गण्डकी प्रदेश इन्चार्जमा दिनानाथ शर्मा, सह-इन्चार्जमा हरि अधिकारी

कास्की ।गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा सह इन्चार्ज हरि अधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनुभएका केन्द्रिय सचिव दिनानाथ शर्मा तथा सह-इन्चार्ज केन्द्रीय सदस्य हरि अधिकारीको पदस्थापन कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै नेता दिनानाथ शर्माले कॉंग्रेसको महासमिति बैठकबाट संबिधानसँग बाझिने र धर्मनिरपेक्ष विरुद्ध हस्ताक्षर गरेको, माओवादी पार्टी विरुद्ध अनेक आरोप लगाउदै सांगठानिक राजनैतिक प्रस्तावहरु प्रस्तुत गरेको लगायतका कारणले कांग्रेससँगको गठबन्धन टुटाउनु परेको बताउनुभयो ।

असक्षम मन्त्री फेरेर सुशासनको प्रत्याभुति दिने प्रधानमन्त्रीको चाहनामा काँग्रेसले ब्रेक लगाउन खोजेको, राष्ट्रिय सभा चुनावमा पनि घात गरेको लगायतका कारणले काँग्रेससँगको गठबन्धन टुटेको शर्माले स्पष्ट पार्नुभयो ।

वामपन्थि ध्रविकरण तर्फ नेकपा समाजवादी मोर्चा बनाउनु र एमाले लगायतका पार्टीहरुसँग सहकार्य गर्नु नै सहि हुने निष्कर्षमा माओवादी पार्टी पुगेको पनि शर्माको भनाई थियो

सह-इन्चार्ज हरि अधिकारीले प्रधानमन्त्री प्रचण्डले देश विकास र परिवर्तनमा गतिशिल काम गरेकोले अब बन्ने सरकारले आम नागरिकको भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेशको समासामायिक विषयमा पार्टीका केन्द्रिय सदस्य तथा संसदिय दलका नेता हरि बहादुर चुमानले जानकारी दिनुभयो ।गण्डकी प्रदेशमा यसअघि सचिव देवेन्द्र पौडेल इन्चार्ज हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्