१५ बैशाख २०८१, शनिबार

 

आदर्श विद्यामन्दिर माविमा स्मार्ट टिभीबाट पढाइ

बागलुङ । आदर्श विद्यामन्दिर आबासीय मावि बागलुङले जिल्लामा पहिलोपटक स्मार्ट टिभीबाट पढाउने काम थालेको छ ।

बिहिबार आयोजित कार्यक्रममा बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले उक्त अभियानको सुरुवात गरे । कार्यक्रममा पोखरेलले शिक्षामा गुणस्तर सुधारसँगै प्रविधिमैत्री समेत बन्नुपर्ने बताए ।

उनले प्रविधिको नाउँमा समाज, परिवार र संस्कृति बिर्सने शिक्षा भने धारणा राखेका थिए ।विद्यालयले कक्षा नर्सरीदेखि माध्यामिक तहसम्म स्मार्ट टिभीमार्फत पढाउन थालेको हो । विशेष जानकारी दिए ।

मंगलबार विद्यालयले अभिभावक अभिमूखीकरण तथा पुरस्कार बितरण कार्यक्रम समेत राखेको थियो ।

कार्यक्रममा बानपा ३ का अध्यक्ष सनी केसी लक्ष्मण, शिक्षक अभिभावक संघका अध्यक्ष एकबहादुर केसी, सल्लाहकार वेदप्रसाद कँडेल, पत्रकार राजेशचन्द्र राजभण्डारी, कानून संकायका शिक्षक हरिप्रसाद गौतम, गुणस्तर व्यवस्थापन समितिका संयोजक रोशन क्षेत्री, कानुनका विद्यार्थी गंगा रेग्मी, विद्यार्थीहरु अस्मि कार्की र धनबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीको अध्यक्षता, शिक्षक धन बहादुर खत्रीको संचालन र शिक्षक सूर्यबहादुर महतको स्वागतमा सम्पन्न कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्