१५ बैशाख २०८१, शनिबार

 

एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विज्ञान अभिमुखीकरण कार्यक्रम

बागलुङ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने बागलुङका नीजि तथा आवासिय विद्यालयहरूले आफ्ना विद्यार्थीहरुलाई एसइइ तयारीको लागि विज्ञान अभिमुखीकरण कार्यक्रम गरेको छ ।

राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल (एन प्याव्सन) बागलुङको संयोजन विज्ञान विषयको एसईई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

आदर्श विद्यामन्दिर आवासिय माविमा भएको विज्ञान अभिमुखीकरण कार्यक्रममा आदर्श विद्यामन्दिर आवासिय मावि, कालिगण्डकी आवासिय माविमा, प्रिसियस एकेडेमी र गुराँस विद्या सदनका १ सय भन्दा वढि विद्यार्थी सहभागि रहेका थिए ।

त्यस्तै न्यू ओएसिस एकेडेमी बागलुङ र फ्युचर ब्राइटर आवासिय माविमा पनि छुट्टा-छुट्टै अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

सो अवसरमा रिलाइन्स पब्लिकेसन हाउस प्रालिका विमलेस कुमार झाले सहजिकरण गर्नु भएको थियो ।

विज्ञान विषयको परिक्षामा कसरी तयारी गर्ने एसईईलाई सहज कसरी बनाउने तथा विद्यार्थीहरुलाई सहज होस भन्ने उदेश्यले विज्ञान अभिमुखीकरण कार्यक्रम गरिएको एन प्याव्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपानेले बताउनु भयो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने छ ।

पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।

प्रतिक्रिया दिनुहोस्