१६ बैशाख २०८१, आईतवार

 

महरालाई जहाजबाट काठमाडौं ल्याइयो, आजै अदालत पेस गर्ने तयारी

कपिलवस्तुबाट पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको थियो।

महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको छ। उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो । महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ।

सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्