१६ बैशाख २०८१, आईतवार

 

आज गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदै छ ।

कोइरालाको स्मृतिमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । कोइराला पाँच पटक प्रधानमन्त्री बनेका थिए ।

उनको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । १९८१ सालमा भारतको टेडीमा उनको जन्म भएको थियो ।

उनको २०४६ सालको जनआन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, माओवादी जनयुद्धको शान्तिपूर्ण रूपान्तरण र १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा महत्वपूर्ण भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्