१६ बैशाख २०८१, आईतवार

 

पार्टीका विभागीय प्रमुखहरुसँग केपी ओलीले छलफल गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका विभागीय प्रमुखहरुसँग छलफल गर्ने भएको छ ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको छ।

विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना निर्माणबारे बैठकमा छलफल हुने छ । एमालेले ३३ वटा विभाग छन्।

 

 

प्रतिक्रिया दिनुहोस्