१७ बैशाख २०८१, सोमबार

 

धवलागिरि बचत तथा ऋण सहकारीको अध्यक्षमा महेन्द्र मान शाक्य

काठमाडौं । धवलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारण सभाले महेन्द्र मान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न साधारण सभाले शाक्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक शत्रुघ्न श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो । समितिको उपाध्यक्षमा सम्पुर्ण नारायण भारी, सचिवमा शरद कुमार प्रधान, कोषाध्यक्षमा अनन्त बहादुर छन्त्याल रहनु भएको छ ।

समितिको सदस्यहरुमा बाल कुमार शाक्य, वसन्त किशोर श्रेष्ठ, अंशु राजभण्डारी श्रेष्ठ, नविना श्रेष्ठ र जमुना राजभण्डारी रहनु भएको छ । साथै प्रेमेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्र प्रसाद श्रेष्ठ र दिपक कुमार जोशी रहनु भएको छ ।

२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा धवलागिरि बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।

काठमाडौं महानगरपालिका ११, सुन्धारा, दहमार्गमा कार्यालय रहेको सहकारीको संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले प्रारम्भिक समयमा नेतृत्व गर्नु भएको थियो ।

बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास गर्दै आएका बागलुङबासी मिलेर स्थापना गरेको सहकारी मूलतः बागलुङवासीहरुकै लगानीमा सञ्चालित छ । संस्थामा हाल ६ सय ८० जना सेयर सदस्य रहेका छन् भने ३ करोड १० लाख ८५ हजार रुपैयाँ शेयर पुँजी पुगेको छ भने ७ जना जनशक्ति रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्