१७ बैशाख २०८१, सोमबार

 

माओवादी केन्द्र बागलुङले ३ महिने संगठन सुदृढीकरण अभियान चलाउने

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ३ महिने संगठन सुदृढीकरण अभियान चलाउने भएको छ ।  जिल्ला समन्वय समिति बागलुङको शनिबार बागलुङ बजारमा सम्पन्न पूर्ण बैठकले जेष्ठ मसान्तसम्म सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।

जिल्ला समन्वय समितिका संयोजक राजिव घिमिरेको अध्यक्षतामा बसको बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरी चैत्र २५ सम्म सवै पालिकाहरुको वैठक गर्ने, बैशाखको ५ गतेसम्म वडाको वैठक सक्ने, बैशाख १० गते पार्टी स्थापना तथा लेलिन जयन्त्तीको दिन टोल भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले बैशाख मसान्तसम्म पार्टी सदस्यता जिल्लामा केन्द्रीत गर्ने, जेठ १५ गते वार्ड सम्मेलन तथा भेला गर्ने निर्णय गरेको छ ।त्यस्तै जिल्लामा प्रचार समिति बनाउने तथा संगठन सुदृढीकरण अभियान अन्र्तगत जनताका कामलाई ध्यान दिएर बजेट निर्माणको माग गर्ने,जनप्रतिनिधिहरुलाई प्रशिक्षण गर्ने निर्णय भएको छ ।

बैठकमा विभिन्न पालिका तथा नगरपालिकाका अध्यक्ष, सचिव एवम् प्रतिनिधिले क्षेत्रगत रिर्पोटिङ गरेका थिए । बैठकमा नेकपा माओवादी केन्द्रका सचिव तथा प्रदेश इन्चार्ज दिननाथ शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज वलावती शर्मा, कृष्ण केसी, चन्द्र वहादु बुढा सागर, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, गुणाखर बस्याल, प्रदेश सचिव जगन्नाथ खनाल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बैठकमा जिल्ला समन्वय समितिका सदस्य, पालिकाका जनप्रतिनिधिहरुदेखि जिल्लाबाट प्रदेश तथा केन्द्रसम्म प्रतिनिधित्व गर्ने नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्