१७ बैशाख २०८१, सोमबार

 

माओवादी नेता कालीबहादुर खाम काठमाडौंबाट पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कालीबहादुर खाम काठमाडौंबाट पक्राउ परेका छन्।

तत्कालीन माओवादी जनयुद्धका पूर्व डिभिजन कमाण्डर खामलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको हो ।

उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्