७ जेष्ठ २०८१, सोमबार

 

गलकोट नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

गलकोट । गलकोट नगरपालिकामा दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको कार्यालय, गलकोट नगरपालिका वडा नम्वर ५ को वडा कार्यालयको संयुक्त आयोजना र सामुदायिक रेडियो गलकोटको समन्वयमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुले हरेक कार्यक्रमहरुमा महिला, अपाङ्गता, दलितलाई प्राथमिकता दिनुपर्ने, खोलामा फोहोर फाल्न नहुने, कृषि तथा पशु सेवालाई प्रभावकारी गराउने, जग्गा वर्गिकरण गर्नुपर्ने, विद्यालय समायोजनलाई ख्याल गर्नु पर्ने, बसाई सराईलाई व्यवस्थापन गर्नुपर्ने, बाल उद्यानको व्यवस्थित गर्नुपर्ने, कृषि र पशुपालनमा अनुदानभन्दा बजारीकरण भएको, योजनामा स्टिमेट बढी भएको, हलो वितरण होईन प्राविधिक सीप चाहिनुपर्ने, व्यवसाय दर्ता गर्न सहजिकरण गर्नुपर्ने, नगरपालिकासँग कृषकले उत्पादन गरेका कृषि उपजको लागि गौमुखी सहकारीसँग सम्झौता गरी के कस्ता कार्यहरु सम्पन्न भयो, खानेपानी आयोजनाको सम्झौता भएपनि कार्यान्वयन नभएको, उद्यम विकासका तालिमले महिलाको उद्यमि बन्नमा कत्तिको भूमिका निर्वाह गयो, नगरपालिकाले महिलाहरुलाई उपलब्धि मुलक दैनिक प्रयोजनमा आउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, गलकोटमा खेल मैदान बनाउने ठाउँ नभएको, कृषि उपजका मूल्य सुची मुल्य निर्धारण गर्नुपर्ने, गलकोट कला केन्द्रमा काम गरिएको तर उपभोक्ता समितिलाई थाहा नभएको लगायतका प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगर अस्पताल नमुना बनेको बताउँदै यसलाई अझै स्तरोन्नती गरी उत्कृष्ट अस्पताल बनाउने बताउनु भएको छ । उहाँले गलकोटको समृद्धिका लागि स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने बताउनु भएको हो । त्यस्तै गैरेले नेतृत्व संस्थामा भएको र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय अधिकृत थम्मन सिंह गौतम, नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटा, गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमाल, प्रशासकिय अधिकृत तुल बहादुर विक, स्वास्थ्य शाखा प्रमुख शुसिल पौडेल, कृषि तथा पशु शाखा प्रमुख हरिदत्त सुवेदी, ईन्जिनियर बल विक्रम दाहाल लगायतले सहजिकरण गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको कान्तिपुर दैनिकका उप सम्पादक प्रकाश बरालले टिप्पणि गर्नुभएको थियो । उक्त कार्यक्रमको सवाल जवाफ खण्ड सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जिवन कला खत्री ९सरिता० ले सहजिकरण गर्नुभएको थियो ।

त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रमको औचित्यताको बारेमा सामुदायिक रेडियो गलकोटका सचिव वीर बहादुर चोखालले प्रकास पार्नुभएको थियो भने गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को दोश्रो चौमासिक अवधिको प्रतिवेदन गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थम्मन सिंह गौतमले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सामुदायिक रेडियो गलकोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेको स्वागत र सामुदायिक रेडियो गलकोटका प्राविधिक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्