१७ बैशाख २०८१, सोमबार

 

सिवाइसीको १५ औँ स्थापना दिवसमा वेनीमा वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १५ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम वेनीमा सहकारी, वित्तिय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सहकारीले १५ औँ स्थापना दिव त्रिविसिय कार्यक्रम गरि मनाउने सन्र्दभमा पहिलो दिन वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहजिकरण गर्दै सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल सदस्य धनी र समृद्ध बन्नको लागि बचत गर्नु पर्ने बताउनु भयो । व्यक्तिले वित्तीय स्वतन्त्रता प्राप्त गर्नको लागि आफ्नो हरेक दिन र महिनाको आम्दानी तथा खर्चको हिसाब गरी आफ्नो वित्तीय योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

बचत गर्नु नै समृद्ध बन्ने एकमात्र उपाय रहेकोले आम्दानीबाट पहिला बचत गरी यसलाई निरन्तरता दिनुपर्ने जोड दिनु भयो। सिवाइसीले यात्रा रोडको सपना करोडको भन्ने मूल नाराका सुरु गरेको सङ्कल्प क्रमिक बचत खातामा सदस्यले आफ्नो आम्दानीबाट न्यूनतम बचत गर्दै भविष्यमा करोडपति बन्ने योजना ल्याएको भन्दै बचतमा सहभागी भइ उज्यालो भविष्यको निर्माणमा जुट्न आग्रह गर्नु भयो ।

सो अवसरमा पौडेलले सिवाइसी साकोसको परिचय, परिकल्पना, लक्ष्य, उद्देश्य, बचतको महत्त्व, भविष्यका लागि बचत किन र कसरी गर्ने, सहकारीमा सुशासन, प्रविधि लगायतको बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा वेनी सदस्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति पुर्नगठन गरिएको छ ।

समितिको संयोजकमा भिम बहादुर श्रेष्ठ, सहसंयोजकमा इन्दिरा शर्मा, सचिव माधव आचार्य, कोषाध्यक्षमा किशोर श्रेष्ठ रहनु भएको छ । समितिको सदस्यमा मनकुमारी खड्का, केशव आचार्य, टेकमाया केसी चयन हसनु भएको छ । सेवा केन्द्रको परामर्शदातामा निवर्तमान संयोजक तुलसीनाथ सुवेदी, धनञ्जय कुमार श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र सन्दीपा शर्मा रहनु भएको छ ।

कार्यक्रममा नव निर्वाचित सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिलाई सस्थाका अध्यक्ष पौडेलले बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान संयोजक तुलसीनाथ सुवेदीले धन्यवाद मन्तव्य र नवनिर्वाचित संयोजक भिमबहादुर श्रेष्ठले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सिवाईसी बचत तथा ऋण सहकारी लिमिटेड बागलुङ गत मंसिरमा सम्पन्न को १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित केन्द्रिय संचालक समितिले २५ वटै सेवा केन्द्रको सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति पुर्नगठन गरेको छ । सहकारीले सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति हरेक वर्ष पुर्नगठन गर्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्