२३ बैशाख २०८१, आईतवार

 

युएस एकेडेमीद्वारा एसइई दिएका विद्यार्थीको विदाई

बागलुङ । युएस एकेडेमीले एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । आइतबार विद्यालयका भएको कार्यक्रममा २० जना विद्यार्थीहरुलाई विदाई ताथ शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यार्थी दीप्पन थापा, अभिभावक माया पाण्डे, शिक्षक देव क्षेत्री, प्रिन्सिपल अशोक केसी र कार्यकारी निर्देशक दलबहादुर थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यार्थी अप्सन थापाको अध्यक्षता, विद्यार्थी सौरभी शर्माको स्वागत र विद्यार्थी रोजी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्