१७ बैशाख २०८१, सोमबार

 

सिवाईसी साकोसको १५ औँ स्थापना दिवस मनाइयो

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १५ औँ स्थापना दिवस मनाएको छ । बागलुङमा मुख्य कार्यालय सहित तीन जिल्लामा २५ सेवाकेन्द्र रहेको सहकारीले विभिन्न कार्यक्रम गरी १४ औँ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा सहकारीको अभिभावक सस्था चारतारे युवा क्लव नेपालको सहयोगमा थ्रि जिरो क्लवको कार्यदिशा र स्थानीय तहसँगको सम्वन्ध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहजिकरण गर्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ति गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले थ्रि जिरो क्लव गठनको काम गरिरहेको बताउनु भयो । पौडेलले थ्री जिरो क्लवको परिचय, महत्व, यसको अवधारण, अवसरहरु र यसका राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडिगाड गाउँपालिकाका अध्यक्ष तथा गण्डकी थापा अधिकारीले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाइलाई परिर्वतन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै समाजमा सिवाइसिको सामाजिक दायित्व र भूमिका सहितको उपस्थितिले गाउँ गाउँमा वित्तीय पहुँच पुग्न सफल भएको बताउनु भयो ।

सहकारीले सेयर सदस्यको जिविकोपार्जन, आर्थिक स्तर वृद्धि र महिलाहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै आत्मनिर्भरको बाटोमा लैजान मद्दत गरेको बताउनु भयो ।

शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लागि सस्थाले थालेको थ्री जिरो क्लव गठनलाई जिल्लाका १ सय ४२ सामुदायिक र अन्य नीजि विद्यालयहरुमा पनि लान सकेमा सामाजिक रुपान्तरणमा महत्वपूण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, ६ का वार्ड अध्यक्ष रुद्र बहादुर केसी, ८ का अध्यक्ष छमबहादुर कार्की, ९ का राजु थापा, ११ का ज्ञानेन्द्र गौतम, १२ का कोपिलामणी शर्मा, १३ का नारायण शर्मा पौडेल र १४ का वार्ड अध्यक्ष चक्र बहादुर खत्री, सकारीका सल्लाहकार सिता शर्मा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुले थ्री जिरो क्लव समाज रुपान्त्रणको लागि अति आवश्यक रहेको भन्दै कार्यक्रमले विदेश पलायन र गाउँमा रहेको वेरोजगारी अन्त्य गर्न सहयोग पुऱ्याउने भन्दै कार्यक्रमले युवामा जागरण ल्याउने बताए ।

समाजमा भौतिक पूर्वाधारको मात्र विकासको लहर चलेकोले सामाजिक र मानविय क्षेत्रमा पनि काम गर्न आवश्यक रहेकोले सस्थाको अभियान प्रभावकारी र सान्र्दभिक रहेकोले वडा तथा नगरपालिकाले सहयोग गर्ने वडा अध्यक्षहरुले प्रतिववद्धता व्यक्त गरेका थिए ।

चारतारे युवा क्लव नेपाल तथा सिवाईसी साकोसका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षता, चारतारे युवा क्लव नेपालका उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव वीरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीको स्थापना दिवसको अवसरमा बागलुङ, पर्वत, म्याग्दी जिल्लामा रहेको २५ वटा सेवा केन्द्रमा वित्तीय साक्षरता, शेयर सदस्यसँग भेटघाट लगाएतका कार्यक्रम गरि स्थापना दिवस मनाइएको छ।

सहकारीले मोवाईल बैंकिङ,एटिएम सेवा, क्युआर कोड सेवा, ट्याबलेट बैकिङ सेवा, मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिमार्फत सेवा दिदै आएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक र एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्