८ कार्तिक २०८३, शनिबार

 

न्यू ओएसिस एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीको विदाई

बागलुङ । न्यू ओएसिस एकेडेमीले व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट र कम्युटर साइन्स अध्ययन गर्ने कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।

बुधबार विद्यालयका भएको कार्यक्रममा ५३ जना विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा स्टुडेन्ट युनियन अफ न्यू ओएसिस एकेडेमी कक्षा १२ का अध्यक्ष प्रनेश राजभण्डारी, विद्यालयका कोषाध्यक्ष रामजी सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कुँवर र प्रिन्सिपल नेत्र न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम स्टुडेन्ट युनियन अफ न्यू ओएसिस एकेडेमी कक्षा ११ का उपाध्यक्ष स्वस्तिका श्रीसको अध्यक्षता, विद्यार्थी सुषमा श्रेष्ठको स्वागत र स्टुडेन्ट युनियन अफ न्यू ओएसिस एकेडेमी कक्षा ११ का सहसचिव विद्रा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

न्यू ओएसिस एकेडेमीले विगत लामो समयदेखि प्रयोगात्मक शैक्षिक अभ्यास, गुणस्तर शिक्षा र सृजनात्मक अतिरिक्त क्रियाकलापमा जोड दिर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung