१७ बैशाख २०८१, सोमबार

 

एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी र उपाध्यक्षमा विष्णु भुषाल सर्वसम्मत

बागलुङ । नेकपा (एमाले) बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । हिजोदेखि बागलुङ बजारमा सुरु भएको १० औँ जिल्ला अधिवेशनबाट हिराबहादुर केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

अध्यक्ष पदमा केसीको एकल उम्मेदवारी कामय भएको निर्वाचन संयोजक डा डिल्लिराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।

एमाले बागलुङको उपाध्यक्षमा समेत विष्णु भुषाल सर्वसम्मत हुनुभएको छ । भुषालको एकल उम्मेदवारी परेपछि सर्वसम्मत हुनुभएको हो । यस अघि सचिव रहनु भएका भुषाल ९ औं जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनु भएको थियो ।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्मा ‘गणेश‘ को उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।

उपसचिवमा पनि सर्वसम्मत रुपमा धनबहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्