१८ बैशाख २०८१, मंगलवार

 

किन रोज्छन् विद्यार्थीले न्यू ओएसिस एकेडेमी ?

बागलुङ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा भर्ना अभियान सुरु भएको छ । प्राय विद्यालयले विद्यार्थी र अभिभावकलाई आकर्षन गर्न विभिन्न कार्यक्रम ल्याएका छन् ।

यहि परिवेशमा न्यू ओएसिस एकेडेमीलाई नै रोजेर नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या तीब्र गतिले बढेको छ ।

शान्त वातावरण, मेहनती शिक्षक, सृजनात्मक अध्यापन, विद्यार्थीको मनोविज्ञान अनुसारको व्यवहार भएकोले नै न्यू ओएसिस एकेडेमी प्रति विद्यार्थी र अभिभावकको आकर्षण बेग्लै छ ।

अग्रेजी माध्यमबाट पढाई र क्रमश सुरु भएको शैक्षिक सुधार र सर्वोत्कृट शैक्षिक नतिजाका कारणपछि यस विद्यालय प्रति अभिभावक र विद्यार्थीका आकर्षण बढ्ेको विद्यालयका प्रधानाध्यापक नेत्र न्यौपानेले नयाँ विश्वलाई बताउनु भयो ।

गत चैत्रको २६ गतेदेखि भर्ना अभियान सञ्चालन भइरहेको छ । विद्यालयले बैशाख ६ गतेदेखि कक्षा सञ्चालन गर्ने जनाएको छ ।

बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भए पनि टिकाउन धेरै चुनौती थपिएकोले विद्यालयले जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।

विद्यार्थीले बुझन्ने तरीकाले पढाउने र विद्यार्थी मैत्री वातावरण सृजना गर्न चुनौती रहेकोले विद्यालयले नियमित मनोवैज्ञानिक परामर्श, स्वास्थ्य परीक्षण, प्रविधियुक्त व्यवहारीक र गुणस्तरीय शिक्षा, यातायातको व्यवस्था, आवासिय सुविधा, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था, पोषणयुक्त अर्गानिक खाजा र मेहनती शिक्षकहरुबाट मनोवैज्ञानिक ढंगले अध्यापनमा जोड दिएको विद्यालयका कोषाध्यक्ष रामजी सुवदीले बताउनु भयो ।

विद्यालयले शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकतामा राखेपछि अभिभावकको रोजाईमा यो विद्यालय परेको हो ।

विद्यालयले आयोजना गरेको होस या अन्य विद्यालय वा संघसंस्थाले आयोजना गरेको विभिन्न प्रतियोगिता होस न्यू ओएसिस एकेडेमीका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन थालेका छ ।

यस विद्यालयबाट अध्यायन गरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले राज्यको र नीजि क्षेत्रको विभिन्न निकायहरुमा राम्रो सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्