२१ बैशाख २०८१, शुक्रबार

 

गुणस्तरीय शिक्षाका कारण विद्यार्थीको रोजाइमा चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल

बागलुङ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विभिन्न विद्यालयले भर्ना अभियानको नाममा विद्यार्थी आकर्षण गर्न सेवा सुविधाको विभिन्न कार्यक्रम ल्याएका छन् । तर यस्तो प्रचारलाई वेवास्ता गर्दै चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुललाई नै रोजेर नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या तीब्र गतिले बढेको छ ।

अहिले विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढेपछि  बागलुङ नगरपालिका–१ रामरेखामा रहेको यो विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउनुपर्छ। विद्यालयले तोकेको कोटाभन्दा धेरै विद्यार्थीको भर्नाका लागि आवेदन आउन थालेपछि प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दैआएको छ।

विद्यालयले नयाँ शैक्षिकसत्रका लागि प्रवेश परीक्षा लिएर विद्यार्थी छनोटको प्रक्रिया सुरु गरेको छ। शान्त वातावरण, मेहनती शिक्षक, सृजनात्मक अध्यापन, विद्यार्थीको मनोविज्ञान अनुसारको व्यवहार भएकोले नै चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्को हो ।

मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजाका कारण यस विद्यालय प्रति अभिभावक र विद्यार्थीका आकर्षण बढ्ेको विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यालयमा बैशाख ६ गतेदेखि कक्षा सञ्चालन भएको छ ।विद्यालयले जेहेन्दार र विपन्न वर्गको विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।

विद्यार्थीले बुझन्ने तरीकाले पढाउने र विद्यार्थी मैत्री वातावरण सृजना गर्न विद्यालयले नियमित मनोवैज्ञानिक परामर्श, स्वास्थ्य परीक्षण, प्रविधियुक्त व्यवहारीक र गुणस्तरीय शिक्षा, यातायातको व्यवस्था, आवासिय सुविधा, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था, पोषणयुक्त अर्गानिक खाजा र मेहनती शिक्षकहरुबाट मनोवैज्ञानिक ढंगले अध्यापनमा जोड दिएको छ ।

विद्यालयले भौतिक पूर्वाधारका साथै शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकतामा राखेपछि अभिभावकको रोजाईमा यो विद्यालय परेको हो । विद्यालयले विगत वर्षदेखि राम्रो पारिश्रमिक दिएर सृजनशिल र मेहनती शिक्षक र कर्मचारीहरुलाई विद्यालयमा भित्राएपछि पढाईको गुणस्तर र नतिजामा धेरै अन्तर आएको छ ।

विद्यालयले आयोजना गरेको होस या अन्य विद्यालय वा संघसंस्थाले आयोजना गरेको विभिन्न प्रतियोगिता होस यस विद्यालयका विद्यार्थीहरुले अब्बल नतिजा ल्याइरहेका छन् । विद्यालयले यस वर्षदेखि सबै कक्षाहरुमा ठूलो लगानी गरेर डिजिटल वोर्ड राख्न लागेको छ ।

डिजिटल वोर्डमार्फत अध्यायन गराउँदा विद्यार्थीले छिटो सिक्ने र परिणाम पनि सर्वोकृष्ट आउने लक्ष्यका साथ यसको व्यवस्था गर्न लागेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनु भयो । विद्यालयमा निर्माणाधिन अवस्थामा रहेको ४४ वटा कोठा रहेको नयाँ भवनको कक्षा कोठाहरुमा पनि छिटटै पढाई सुरु हुने भएको छ ।

विद्यालयले विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न प्रत्येक वर्ष अन्तर विद्यालय स्तरीय ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता राख्दै आएको छ ।

यस विद्यालयबाट अध्यायन गरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरमा र स्वदेशको विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्