२१ बैशाख २०८१, शुक्रबार

 

प्रभु बैंकबाट ३ संचालक बाहिरीएपछि संस्थापकतर्फ सिंह र मानन्धरलाई नयाँ सदस्यमा नियुक्त

काठमाडौं। प्रभु बैंकले पुराना ३ जना संचालक समिति सदस्यको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्य नियुक्त गरेको छ।

बैंकको ३ सय ४५ औं संचालक समितिको बैठकले २ जना सेयरधनी प्रतिनिधि संचालक र १ जना स्वतन्त्र संचालकको राजीनामा स्वीकृत गरेको हो।

साथै, बैठकले पुराना संचालकहरुको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्यलाई नियुक्तसमेत गरेको छ। बैंकका सेयरधनी समुहतर्फका संचालकहरु रमेश सिंह, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र संचालक प्राडा गीता प्रधानले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामा स्वीकत गरी संस्थापक समुहमा रित्त रहेको संचालक समिति सदस्यमा अंगिरमान सिंह र तारा मानन्धर नियुक्त भएका छन्।

 

438089878_405455382446236_4045005569232909374_n-1713679852.png

 

 

 

प्रतिक्रिया दिनुहोस्