२१ बैशाख २०८१, शुक्रबार

 

लेनिन जयन्तीमा काठमाडौंमा वैशाख १० र ११ गते अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

काठमाडौं । लेनिन जयन्तीको उपलक्ष्यमा काठमाडौंमा वैशाख १० र ११ गते अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । ‘लेनिन स्मृति शतवार्षिकी’ मूल आयोजक समितिले वैशाख १० र ११ गते कम्युनिस्ट नेता भ्लादिमिर इल्यिच लेनिनको योगदानलाई उजागर गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय गोष्ठी गर्न लागेको हो ।

गोष्ठीमा भारत, चीन र बंगलादेशका माक्र्सवादी चिन्तकहरुको सहभागिता हुने भएको छ।‘लेनिनको मृत्यु भएको सय वर्ष भएको सन्दर्भ पारेर हामीले उहाँका विचार, योगदान र शिक्षाहरुका बारेमा गोष्ठीमा गहन चर्चा गर्नेछौं’, शतवार्षिकी समितिका संयोजक तथा माक्र्सवादी चिन्तक निनु चापागाईंले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाली समाजका सन्दर्भमा आजका राजनीतिक संकटको निकास खोज्न र विश्व समाजवादी क्रान्तिमा लेनिनवादको सान्र्दभिकताको बारेमा विषद छलफल हुने समितिका सदस्य हरि रोकाले बताउनु भयो ।

गोष्ठीमा डा महेश मास्के, टंक कार्की, हरि रोका, अभिनव सिंहा, मोहन वैधलगाएतका वामपन्थी चिन्तकहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने समितिका सदस्य संगीत स्रोताले जानकारी दिनु भयो । कार्यक्रम गायक जिवन शर्मा, सुसेला, कवि बलराम तिमिल्सिना र विनोद विक्रम केसीको पनि प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्