२२ बैशाख २०८१, शनिबार

 

राष्ट्रिय वाणिज्य बैंकको कुश्मीशेरामा एटीएम सेवाको शुभारम्भ

रास्ट्रिय बाणिज्य बैंक कुश्मीशेरा शाखाले बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरामा एटीएमसेवा शुभारम्भ गरेको छ ।

स्थानीयको बित्तीय कारोबार सहज बनाउने उद्देश्यले एटीएमसेवा शुभारम्भ गरेको हो । काउन्टरको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उद्घाटन गर्नु भएको थियो ।

हाल हाम्रो पालिकाको केन्द्रबाट तीनवटा बैंकहरुले सेवा दिदै आएकोमा ग्लोबल आइ.एम.इ. बैंकले पहिले सेवा दिइरहेकोमा रास्ट्रिय बाणिज्य बैंक चौबिसै घन्टा सेवा दिने गरि सेवा सुचारु गरेको नगर उप प्रमुख हरिहर शर्माले बताउनु भयो ।

नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको रास्ट्रिय बाणिज्य बैंक ले चौबिसै घन्टा यो सेवा दिने शाखा प्रवन्धक शोभा आचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्