२ जेष्ठ २०८१, बुधबार

 

थ्री जिरो क्लवको प्रथम सम्मेलन १४ बुँदे बागलुङ घोषण जारी गर्दै सम्पन्न

बागलुङ । बागलुङमा थ्री जिरो क्लवको प्रथम सम्मेलन सम्पन्न भएको छ । चारतारे युवा क्लव, सिवाईसी नेपाल, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था को संयुक्त आयोजनामा बागलुङमा आयोजित सम्मेलन १४ बुँदे बागलुङ घोषण जारी गर्दै सम्पन्न भएको हो ।

युवाहरूमा सकारात्मक प्रेरणा प्रदान गर्ने, नेपालको समृद्धि र विकासमा युवाहरूको योगदान वृद्धि गर्ने, युवाहरुलाई सामाजिक, आर्थिक, र राजनितिक परिवर्तनमा सहभागिता बढाउने, युवाहरूलाई समुदायमा आफ्नो भूमिकाको बारेमा जानकारी गराई समृद्ध समाज निर्माणमा सहभागी बनाउने, युवाहरूलाई उद्यमशीलता विकास गर्न र रोजगार सृजना गर्ने उपायहरू सिकाउने, वातावरण, पर्यावरण संरक्षण र बायोडाइभर्सिटीको महत्व र संरक्षणमा सहभागिता गराउने, स्वस्थ, सभ्य र नमुना परिवार निर्माणमा युवाहरुको भूमिका बढाउने, बचत गर्ने वानिको विकास गराई वित्तीय स्वतन्त्रता प्राप्तीमा सहयोग पु¥याउने, वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रममा युवाहरुको सहभागिताको सुनिश्चितता प्रदान गर्ने लगाएतका उद्देश्य राखेर आयोजित सम्मेलनमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

सम्मेलनमा सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले समृद्ध समाज निर्माणमा थ्री जिरो क्लवको भूमिका, लुम्वीनी प्रदेश, युवा परिषदका कार्यकारी उपाध्यक्ष गोविन्दवहादुर केसी खत्रीले नवप्रवर्तन र विकासका लागि युवा मानसिकता र बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले विद्यार्थिको क्षमता पहिचानमा अभिभावकको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वाभलम्वन बिकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी जैमीनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा, सिवाइसी नेपाल लघुबित्त वित्तीय संस्था लि। का अध्यक्ष पद्मनाथ शर्मा, अगुवा किसान गंगा थापा स्ववियु सभापति सुदीपसागर कँडेल, त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थी श्री रञ्जीता शर्मा, गणेश माध्यामिक विद्यालयका विद्यार्थी श्री करिना पुन र तित्याङ माध्यामिक विद्यालयका विद्यार्थि सनिसा जिसी लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

गरिवी, बेरोजगारी र कार्वन रहित संसारको सिर्जना गर्ने नोवल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहोम्मद युनुसको अवधारणलाई पछयाउदै सिवाईसीले बागलुङ र पर्वतका २० वटा विद्यालय तथा क्याम्पसमा ५६ वटा थ्री जिरो क्लव गठन गरी २८० जना युवा विद्यार्थीलाई यो अभियानमा संलग्न गराईसकेको छ ।

सम्मेलनमा संस्थाद्वारा जिल्लाका विद्यालय तथा क्याम्पसमा गठित थ्री जिरो क्लवका संयोजक, सह–संयोजक, सदस्य, थ्री जिरो क्लव गठित विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधि, जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख एवं प्रतिनिधि, बागलुङ नगरपालिका भित्रका वडा अध्यक्ष कार्यपालिका सदस्य एवं प्रतिनिधि, जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, जिल्लामा क्रियाशिल अग्रपङ्तिका युवा लगाएत ४ सय ५० जना भन्दा वढिको सहभागिता रहेको थियो ।

सम्मेलन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, चारतारे युवा क्लव, सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of studying and text

May be an image of one or more people, people studying, dais and text

May be an image of 1 person, studying, dais and text that says 'JOJOUBAK BAN JOJOU'

May be an image of 1 person and studying

May be an image of one or more people and crowd

प्रतिक्रिया दिनुहोस्