२ जेष्ठ २०८१, बुधबार

 

धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ १० हजार धरौटीमा रिहा

बागलुङ । धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठ १० हजार धरौटीमा रिहा भएका छन् ।

धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको थियो ।

डा. प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफूलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासन कार्यालय बागलुङमा उजुरी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि १० हजार धरौटीमा छाडिएको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो ।
कानुनी प्रक्रिया पुरा गरि आवश्यक परेको जुनसुकै बेला कार्यलयमा उपस्थित हुने गरि छाडिएको हो ।

प्रमुख जिल्ला अधिकारी जिल्ला वाहिर रहेको मुद्धाको बारेमा प्रमुख जिल्ला अधिकारी आएपछि अन्तिम निर्णय हुने छ ।

डा. प्रधानले दिएको निवेदनका आधारमा श्रेष्ठलाई आईतबार नियन्त्रणमा लिएको हो । सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा पु¥याइएको थियो ।

यसै विच व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दे वैशाख १३ र १४ गते प्रकाशित समाचारहरुमा धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्यले अभद्र व्यवहार गरेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मिति २०८१।१।१३ गतेका दिन धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल लगायत २ जना सदस्यहरु धनमाया शर्मा र मेरो एवं डा. रविरञ्जन प्रधान र डा. रेखा पौडेलको उपस्थितिमा बागलुङका ३ वटा पालिकाहरुमा  शिविर आयोजना गर्ने सन्दर्भमा अनौपचारिक छलफल भएको हो ।

शिविर संचालनार्थ व्यवस्थापन समितिको कोषबाट प्रति बिरामी रु ६ हजार थप गर्नुपर्ने सवेदनशिल विषयमा टिप्पणी उठाई प्रस्तुत गरेकाले सो थप बजेट र अन्य विविध एजेण्डाहरु बारे व्यवस्थापन समितिको पूर्ण बैठक राख्न मेसुलाई अध्यक्षले आदेश गरेकोमा डा. प्रधानले बैठक हुन्न, बैठक बसिन्न, एजेण्डाहरु छैन, बैठक श्रवणको पहिलो हप्ता मात्र बसिन्छ भन्ने गैर जिम्मेवारी अडान राखेपछि बैठक बस्ने र नबस्ने विषयलाई लिएर मेसु डा. प्रधानसंग अध्यक्ष, सदस्य धनमाया र मेरो सामान्य वादविवाद भएको विज्ञप्तीमा जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ उहाँसँग कुनै अभद्र व्यवहार भएकै छैन । प्रजातन्त्रमा वादविवाद, संवाद हुन्छ नै । यो नागरिक एवं सदस्यहरुको नैसर्गिक अधिकार हो । वास्तविक सत्य तथा तथ्य नबुझी मेरो व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार सप्रेषण गरेकोमा मेरो घोर आपत्ती छ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्