६ जेष्ठ २०८१, आईतवार

 

बडिगाडमा हाइड्रोजनबाट खाना पकाउने प्रविधि प्रदर्शन

काठमाडौं । बडिगाड गाउँपालिकाकामा मंगलबार हाइड्रोजन ग्यासबाट खाना पकाउने प्रविधि कार्यक्रम प्रदर्शन गरिएको छ ।

बडिगाड गाउँपालिकाको वडाहरुमा २६ देखि २७ सम्म हाइड्रोजन ग्यासबाट खाना पकाउने प्रविधि प्रदर्शन गर्ने कार्यक्रम रहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नयाँ विश्वलाई बताउनु भयो ।

गाउँपालिकाको कार्यालयमा स्विजरल्यान्डबाट ल्याइएको चुलो प्रयोग गरी खाना पकाएर इन्धन र चुलोको सफल परीक्षण गरिएको हो ।

बडिगाड गाउँपालिका-२ खर्वाङमा रहेको ग्रिन्दिखोला लघु जलविद्युत आयोजनामा खेर गइरहेको विद्युतबाट हाइड्रोजन ग्याँस निर्माण गर्ने प्रकृया झण्डै एक वर्षको निरन्तर अभ्यासपछि आज खाना पकाउने प्रविधिको प्रदर्शन भएको हो ।

नेपाल इनर्जी फाउण्डेसन र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहकार्यमा क्यानडा, स्वीजरल्याण्ड, बेलायत र जर्मन वैज्ञानिकहरुले प्रदर्शन गरि यो प्रविधि सहजै प्रयोग गर्न सकिने बताउनु भएको हो ।

यसअघि ग्रिन हाइड्रोजन ल्याब, काठमाडौं विश्वविद्यालयको प्रयोगशालामा स्विजरल्यान्डबाट ल्याइएको चुलो प्रयोग गरी खाना पकाएर इन्धन र चुलोको सफल परीक्षण गरिएको थियो ।

विशेषगरी नेपालको भान्सा संस्कारसँग सुहाउने चुलो निर्माणका लागि लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्विट्जरल्याण्डसँग सहकार्य भएको थियो ।

आज पहिलो चरणको सफलता प्राप्त भएको छ, उपभोक्ता स्तरबाट ऊर्जाका रूपमा ग्रिन हाइड्रोजनलाई कसरी प्रयोग गर्न सकिन्छ र अब उपभोक्ताको स्तरबाट आर्थिक पक्षलाई आधार बनाएर परीक्षण गर्न बाँकी रहेको अध्यक्ष अधिकारीको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्