४ असार २०८१, सोमबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले आयोजना गरेको पुरस्कार समर्पण समारोहमा छात्रवृत्तिको रकम प्रदान गरिएको हो ।

बागलुङ नगरपालिकाको ३ राधाकृष्ण टोलको विद्यामन्दिर माध्यमिक विद्यालय, बागलुङ नगरपालिका ३, रातमाटाको धवलागिरि वीरेन्द्र मावि, बागलुङ नगरपालिका ३ नयाँ बजारको कालिका कन्या माध्यमिक विद्यालय र बागलुङ नगरपालिका ४, पाखाथरको गणेश प्राथमिक विद्यालयका २८ जना विद्यार्थीहरुलाई पाँच हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले शनिबार गणेश प्राथमिक विद्यालय प्रधानाध्यापककी सावित्रा थापा, कालिका कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक धनराज सापकोटा, धवलागिरि वीरेन्द्र माविका प्रधानाध्यापक भुमिराज गौतम र विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीलाई छात्रवृत्तिको रकम प्रदान गर्नु भएको हो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले श्री सत्य साई केन्द्र बागलुङका अध्यक्ष विजय श्याम राजभण्डारीलाई विद्यार्थीको पोशाकको लागि कपडा र विस्कुत पनि सहयोग गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्