४ असार २०८१, सोमबार

 

माओवादी केन्द्र मल्मको अध्यक्षमा ज्ञानबहादुर थापा

बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ मल्मको वडा भेला शनिबार मल्लमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले जनताको हक अधिकार सुनिश्चित गर्नको लागि माओवादी सरकार सधै प्रतिवद्ध रहने बताउनुभएको छ । उहाँले माओवादीको जनआन्दोलनकै कारण वर्तमान परिवर्तन आएको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य हर्क थापा, बेलुकाजी थापा, चन्द्र थापा शिखर, गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य अर्जुन चोखाल, गलकोट नगर कोषाध्यक्ष छुम बहादुर थापा, दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य डिल बहादुर दर्जी निरन्तर, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष वीरबहादुर चोखाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला संयोजक ललिता थापा, नेपाल प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापा, नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का ईन्चार्ज ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का अध्यक्ष ललित मरासिनीको अध्यक्षता, सचिव बाबुराम थापाको स्वागत र सह सचिव भरत परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै भेलाले ज्ञान बहादुर थापाको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटि गठन गरेको छ । समितिको उपाध्यक्षमा बाबुराम थापा, सचिवमा भरत परियार, कोषाध्यक्षमा जमुना दर्जी र सह सचिवमा अम्मर बहादुर थापा विष्णु रहनुभएको निर्वाचन समितिका संयोजक विर बहादुर चोखालले जानकारी दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर थापाले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष विष्णु खत्री र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का निवर्तमान अध्यक्ष ललित मरासिनीले बधाई मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्