६ कार्तिक २०८३, बिहीबार

 

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ७५ लाख

बागलुङ । ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ र ८२ को कुल बजेट ४० करोड ७५ लाख ५४ हजार सार्वजनिक गरेको छ ।

१६ औँ गाउँ सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले आज बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकामा आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदान तर्फ १६ करोड ३८ लाख ५४ हजार, वित्तीय समानिकरण अनुदानतर्फ ७ करोड २३ लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, राजश्व बाँडफाँडबाट ७ करोड प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदानतर्फ ७९ लाख ४५ हजार, राजश्व बाँडफाँडबाट ४५ लाख ३७ हजार, समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख हुने अनुमान गरिएको छ भने यस आर्थिक वर्षमा २ करोड ५० लाख मौज्दात रहने अनुमान गरिएको गाउँसभामा जानकारी गराईएको थियो ।

त्यस्तै आगामी आर्थिक वर्षमा ताराखोला गाउँपालिकामा आन्तरिक आम्दानी ६६ लाख र चालुतर्फ रु २२ करोड ८८ लाख ५४ हजार, पुँजीगतर्फ १७ करोड ८७ लाख गरी ४० करोड ७५ लाख ५४ हजार हुने अनुमान गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक विकास तर्फ ४ करोड १५ लाख ४७ हजार, सामाजिक विकास तर्फ १५ करोड ८७ लाख ५४ हजार, पुर्वाधार विकास तर्फ ११ करोड ७८ लाख ७० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७५ लाख, सुशासन तथा संस्थागत क्षमता विकासको लागि १ करोड ९७ लाख ८३ हजार विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०८१ को बजेटभन्दा आर्थिक वर्ष २०८१, ८२ मा चालु वर्षमा ८४ लाख बढोत्तरी हुँदा पुँजिगत खर्च ३ करोड २३ लाख ७१ हजार भएको समेत जानकारी गराईएको थियो ।

त्यस्तै ताराखोलाले उत्पादन प्रवद्र्धनको लागि कृषक र कृषि समूहमार्फत विभिन्न बिउ, रैथाने बाली र यान्त्रिकरणको लागि ३० लाख, लघु उद्यम विकास कार्यक्रम मार्फत स्थानीय उत्पादनको साना तथा घरेलु उद्योग स्थापना गरी आर्थिक उपार्जनमा वृद्धि गर्नको लागि २९ लाख, विद्यालय क्षेत्र सुधार योजनाका लागि २ करोड १७ लाख, स्वास्थ्य सुधारको लागि ३४ लाख ४० हजार, युवाहरुलाई रोजगारमा आवद्ध गराउन अध्यक्ष रोजगार कार्यक्रमको लागि ५० लाख, स्थानीय

संचार माध्यम र टिभि च्यानल व्यवस्थापनको लागि ९ लाख, दलामचौर मोटरेवल पुल निर्माणको लागि १ करोड ५० लाख, शहिद मार्ग लगायत अन्य गाउँपालिकाको गौरवका आयोजनाका लागि ३ करोड ७० लाख, सडक सञ्चालन तथा मर्मतको लागि ५० लाख, टोल विकास संस्था परिचालनको लागि ३ लाख लगाएत विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung