
बागलुङ । बागलुङ नगरपालिका र होटल व्यवसायी संघ बागलुङको संयुक्त आयोजनामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ५ दिने हाउस किपिङ र वेटर तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिका सिपको विकास गरि उद्यमशिल बनाउन तत्पर रहेको बताउनु भयो ।
श्रेष्ठले दक्ष जनशक्ति नहुँदा नेपालको होटल व्यवसायमा समस्यामा रहेको भन्दै नेपालमा प्रसस्त सम्भावना रहेको होटल व्यवसायमा दक्ष जनशक्तिको कमि रहेकोले तालिमले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, अन्तरपार्टी महिला संजाल बागलुङका अध्यक्ष सिता सापकोटा कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी र संचालन बागलुङ नगरपालिका महिला बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले गर्नु भएको थियो ।
५ दिनसम्म संचालन हुने तालिममा हाउस किपिङका बारेमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रियङका थापा मगर वेटरका बारेमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेल पोखरा विमला थापाले प्रशिक्षण दिनुहुने छ । तालिममा ४० जना सहभागि छन् ।