बागलुङ । बागलुङ बजारको आदर्श विद्यामन्दिर माविले एसइइमा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीहरुलाई निःशुल्क अतिरिक्त कक्षा संचालन गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको हो । एसईई परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तिर्ण गरेको विद्यालयले अन्य विद्यार्थीहरुको सहजताको लागि कक्षा संचालन गरेको विद्यालयका प्रिन्सीपल भूपेन्द्र केसीले जानकारी दिनु भयो ।
विद्यालयले बिहान र बेलुकाको समयमा गणित, विज्ञान, अंग्रेजी लगाएतका सवै विषयमा अतिरिक्त कक्षा संचालन गरेको सहायक प्रिन्सीपल दिपक खनालले जानकारी दिनु भयो ।
सोमबारबाट सुरु भएको अतिरिक्त कक्षामा विभिन्न विद्यालयका २५ जना विद्यार्थी अध्ययनको लागि आएको विद्यालयले जनाएको छ । ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले निःशुल्क अतिरिक्त कक्षा सुरु भैसकेकोले समयमै सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ ।



















































































































































































































