४ श्रावण २०८३, सोमबार

 

नेपाली सेनाको २३ नम्बर बाहिनीमा सैन्य तालिम सम्पन्न

नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डामा १६ नम्बरको सैन्य आधार तालिमको समापन गरिएको छ । गत बर्ष साउन १ गते भर्ना भएका सैनिकहरुको एक बर्षे तालिम सम्पन्न भएको हो ।

तालिमको अन्तिम दलेल कवाज बुधवार सम्पन्न भएको छ । बाहिनीपति सहायक रथी जगतबहदुर पौडेलले तालिम सकेर काममा जान लागेका सैनिकहरुलाइ बिदाइ गरे ।

उनले बैदेशिक रोजगारीका कारण बिदेश जानेहरु बढेको बेला नेपालमै बसेर राष्ट्रको सेवा गर्न खोज्ने युवालाई सम्मान गर्नुपर्ने बताए । उनले अभिभावकले पनि देशमै बसेर केही गर्न सकिन्छ भन्दै आफ्ना छोराछोरीलाइ दिएको शिक्षा महान भएको समेत बताए ।

कार्यक्रममा पौडेलले सैनिक जवानहरुको अन्तिम दलेल कवाज निरीषण गर्नुको साथै सर्वोकृष्ठ हुने सैनिकलाई पुरस्कार ता प्रमाणपत्र बितरण गरेका थिए । विभिन्न बिधामा प्रथम हुनेलाई पुरस्कृत गरिएको कार्यक्रममा सर्बोकृष्ठ भएका प्रितम गुरुङलाई पौडेलले पुरस्कारको साथै खुकुरी प्रदान गरेका थिए ।

लमजुङको क्व्होलासोथार गाउपालिका ४ का गुरुङले सबै बिधामा उत्कृष्ठ नतिजा दिएका थिए ।

नेपाली सेनाको २३ नम्बर बाहिनी उपल्लाचौरमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung