८ कार्तिक २०८३, शनिबार

 

‘धौलागिरि क्याम्पसको शीर उचो हुनेगरी शैक्षिक सुधार गरौं’

बागलुङ । त्रिभूवन विश्वविद्यालयको ६५ औँ स्थापना दिवसको अवसर धौलागिरि बहुमुखी क्यामपसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभूवन विश्वविद्यालयको ६५ औँ स्थापना दिवसको अवसर र धौलागिरि बहुमुखी क्यामपसले गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए) पाएको अवसरमा अन्तरक्रिया आयोजना गरिएको हो । सो अवसरमा सरोकारवालाले शिक्षाको गुणस्तर सुधार गरेर मात्र राज्यको समुन्नत विकास हुने बताएएका छन् ।

धौलागिरि बहुमुखी क्याम्पसको गुणस्तर टिकाउन सकेमा बागलुङको शैक्षिक भविष्य उचो हुने, बसाईंसराईं रोकिने र अनुसन्धानको स्थल बन्ने सरोकारवालाले जोड दिए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले गुणस्तर बढ्दो दरमा लैजान सामाजिक र राजनीतिक क्षेत्रको सहयोग चाहिने बताउनु भयो । उहाले समाजकै योगदानले यो स्थानमा आएको क्याम्पसलाई अझ सशक्त बनाउने लक्ष्य रहेको बताउनु भयो । देशभरका १ हजार ५ सय हाराहारी क्याम्पस तथा शैक्षिक संस्थामध्ये धौलागिरिले गुणस्तर पाएको भन्दै क्युएए पाएको क्याम्पसको प्रमाणपत्रले संसारभर विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने बताउनु भयो ।

कार्यक्रममा सहायक प्रमुख हिरालाल रेग्मीले क्युएए अवधारणापत्र सार्वजनिक गर्दै क्याम्पसले २०७४ देखिको प्रयास अहिले पुरा भएको बताउनु भयो ।

उहाले क्युएएका लागि गरिएका संघर्ष, पहल र आम अभिभावक, राजनीतिक दल, समाजसेवी र विद्यार्थी युनियन समेतको भूमिकाबारे प्रष्ट पर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, प्राध्यापक संघका अध्यक्ष भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघका अध्यक्ष शिवराज पन्त, स्ववियु सभापति सुदिप सागर कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्यायको स्वागत र सहायक प्रमुख हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम हुनु पूर्व विद्यार्थी, प्राध्यापक र कर्मचारीले क्युएए प्रमाणपत्र सहित प्रभातफेरी गरेका थिए । क्युएएका लागि क्याम्पसले ५० प्रतिशत बढी स्थायी प्राध्यापक पु¥याउनुपर्ने लक्ष्य पनि पुरा गरेको छ ।

क्युएए प्रमाणपत्र पाएपछि विद्यार्थी आर्कषणका संकाय थप गर्ने लक्ष्य पनि पुरा गर्न सकिन्छ ।

विश्वविद्यालय अनुदान आयोगले असार ६ गते गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए) पाएको प्रमाणपत्र दिने निर्णय गरेको थियो । यो प्रमाण पत्रलाई निरन्तरता दिन गुणस्तर सुधारका अंक बढाइ रहनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung