७ कार्तिक २०८३, शुक्रबार

 

दिपज्योती आधारभुत विद्यालयको प्रधानाध्यापकमा चोखाल नियुक्त

बागलुङ । गलकोट नगरपालिका ७ को दिपज्योती आधारभुत विद्यालयको प्रधानाध्यापकमा विरबहादुर चोखाल नियुक्त हुनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक डोलबहादुर केसी सेवा निवृत्त भई अवकाश लिनुभएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयले प्राथमिक तह द्वितीय श्रेणीका चोखाललाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।

विगत २८ वर्षदेखि सोही विद्यालयमा शिक्षण पेशमा सक्रिय रहेका नवनियुक्त प्रधानाध्यापक चोखालले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ आफू कटिबद्ध भएर लाग्ने बताउनु भयो ।

नवनियुक्त प्रधानाध्यापक चोखाललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल लगाएको स्वागत गर्नु भएको थियो । चोखालले २०४९ माघ २१ देखि २०५० साल मंसिर ७ सम्म स्थानीय श्रोत र २०५३ माघदेखि स्थाइ शिक्षकको रुपमा हालसम्म निरन्तर अध्यापन गर्दै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung